१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको आन्तरिक समायोजन निर्देशिका पारित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । 

बुधबारबाट सुरु भइ शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो ।

निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाउने छ ।

जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औल्याएको छ । भारतसँगको सम्बन्ध विगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडी बढ्न बैठकले सुझाव दिएको बताउनुभयो ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।