४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारतीय मलको भरमा नेपाली किसानः चर्को मूल्यमा किन्छन् मल

भारतीय मलको भरमा नेपाली किसानः चर्को मूल्यमा किन्छन् मल
अ+ अ-

रौतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । 

खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ”, रौतहट वौधीमाई नगरपालिका–८ का रामविलास बैठाले भन्नुभयो, “भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको छ ।” अहिले सबैभन्दा बढी घोडासान, बरगिनीया, र आधापुरलगायत क्षेत्रबाट भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ ।

सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । “अनुदानको मल नहु्ँदा जति पैसा भने पनि मल किन्नै प¥यो”, वैठाले भन्नुभयो, “ युरिया मलको चरम अभाव भएपछि धानमा मल छर्न केही समय ढिलो भयो । ”

धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् । एक बोरा युरिया मलका लागि एक हजार पाँच सय सम्म मूल्य तिर्नुपरेको छ । भारतमा प्रतिबोरा छ सय रुपैयाँ मूल्य छ । “सरकारले मल नदिएर किसानमाथि अत्याचार गरेको छ । मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ”, वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले भन्नुभयो, ‘मल नहाले उत्पादन घट्ने भएकाले महँगोमा भए पनि किनेर ल्याएको छु ।’ 

सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल प्रहरीले नियन्त्रणमा लिन थालेपछि किसानले चर्को मूल्यमा मलखाद खरिद गर्न बाध्य भएका छन् । राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करीको भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको स्थानीयवासीको भनाइ छ । 

अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मलखादमाथि नै निर्भर रहेका छन् । सीमावर्ती बजारबाट जसोतसो भारतीयसँग मलखाद खरिद गरेर ल्याने क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पटकपटक बरामद गरी भन्सार कार्यालयमा बुुझाउने गरेकाले यहाँका किसान बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् । 

सीमावर्ती भारतीय बजारमा रु छ सयमा एक बोरा पाउने भारतीय युुरिया मल हाल कटहरियालगायत नेपाली सीमावर्ती बजारमा रु एक हजार ७५० देखि एक हजार ८०० मा बिक्री भइरहेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा रु एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डिएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको कटहरियाका किसान रामचन्द्र गोसाईंले गुुनासो गर्नुभयो ।

प्रहरीले बलपूर्वक पटकपटक मलखाद तस्करीको भनेर पक्राउ गर्न थालेकै कारण रौतहटको भित्री बजारमा यसको मूल्य आकाशिएको कटहरियाका व्यापारीले बताएका छन् । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलाखद छर्नुपर्ने जरुरी हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् ।

किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरुले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको फतुवा विजयपुरका एकजना किसान अच्युत मैनालीले बताउनुभयो । सदनको जस्तै नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने थियो तर जिल्लाका कुनै नेता अथवा जनप्रतिनिधिले किसानको समस्या समाधान अर्थात् सहज रुपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य भएको किसान मैनालीको गुनासो छ । 

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।