१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday

24.64°C

काठमाडौं

24.64°C

Kathmandu

Feels-like: 23.71

Wind: 5.14

Humidity: 21

Latest
सरकारी षड्यन्त्र र घुसपैठकोका कारण अप्रिय घटना भएको आन्दोलन परिचालन समितिको आरोप भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु जारी (सूचीसहित) राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन काठमाडौँका तीन स्थानमा कर्फ्यु तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनापछि भोजपुरमा उडान सुरु



अ+ अ-
टक्सार । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।
गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।
विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।