१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
अ अ+ अ-

एजेन्सी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गर्नुभयो । स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सकेमात्र यो लक्ष्य हासिल हुने उहाँको भनाइ छ । उहाँले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताउनु भयो । उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरुलाई एच।पी।भि खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उहाँले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो स्क्रिनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमै पु¥याउन सक्यौं भने मात्रै हामीले भनेजस्तो ५० लाख नागरिकको स्त्रिनिङ हुनसक्छ । हामीले फागुनको महिनालाई स्क्रिनिङको महनिा भने घोषणा ग¥यौं । र यो अभियानमा एच।पी।भि। खोप एकदमै सफल भयो । ९४ प्रतिशतले एच।पी।भि लगाउनुभएको छ । त्यसकारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने भनेको स्थानीय तह नै । त्यसकारण हामीले स्थानीय तहमा स्क्रिनिङ्ग कार्यक्रम ग¥यौं भने यो कार्यक्रम सफल हुनसक्छ । अहिले काठमाडौं महनागरसँग प्रतिष्ठानको सहकार्य भएको छ । यो एउटा उदाहरणीय बन्नेछ अब हामी ललितपुरलाई पनि अनुरोध गर्नेछौं । अब हामी नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुलाई अनुरोध गर्नेछौं । र यो वर्षभित्र ५० लाख मानिसको स्क्रीनिङ्ग गर्ने लक्ष्यलाई हामी सार्थक बनाउन तिर लाग्नेछौं ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलल क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताउनु भयो । उहाँले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले महानगरवासीको सहजताका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र र हेल्थ क्याम्पहरु आयोजना गर्ने कामहरु भइरहेको बताउनु भयो । उहाँ महिलासँग सम्बन्धीत दीर्घ रोगहरु महानगरको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । रोग लागेपछि उपचार गर्ने कुरा त छँदैछ तर महत्वपूर्ण कुरा रोग लाग्न नदिनु हो । महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु गरिरहेको छ । स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने, औषधि प्रदान गर्ने र विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्ने कामहरु गरिरहेका छौं । खासगरि महिलामा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्क्रिनिङ्ग हाम्रो प्राथमिकतामा रहेको छ । हामीले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलामा समेत यस्ता लक्षणहरु देखेका छौं ।’

नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।