१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

कोलोन । म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । यसका लागि सोमबार राति ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा पेनाल्टीबाट गरेको निर्णायक गोलको सहयोगमा एफसी कोपनहेगनलाई १–० ले हरायो । 

अब सेमिफाइनलमा उसले सेभिया अथवा उल्भ्सको सामना गर्नेछ । कोपनहेगनले पहिलो हाफमा आफ्नो प्रभुत्व देखाए पनि पछि त्यसलाई कायम राख्न सकेन । खेलको अन्त्यतिर म्यानचेस्टर आक्रामक देखियो र यसैक्रममा फर्नान्डेजले पेनाल्टीलाई गोलमा परिणत गरे ।

एन्थोनी मार्सियलमाथि भएको फलमा प्राप्त पेनाल्टीलाई पोर्चुगाली खेलाडीले ९५ औं मिनेटमा सजिलै गोलमा परिणत गरेका हुन् । सेभिया र उल्भ्सबीचको खेल मंगलबार हुँदैछ ।