१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँः प्रधानन्यायाधीश

न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँः प्रधानन्यायाधीश
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताउनुभएको छ ।

मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कागजबिहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गर्नुभयो । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताउनु भयो । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताउनु भयो । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानून व्यवसायी, सरकारी वकिल साथीहरु र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ रु अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो । हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यसले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्दछ । अनियमितता, विकृति र विसंगति हटाउन मद्दत गर्दछ । यसको मुल कुरा हो । यति कुरा गर्नसक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’

प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताउनु भयो ।