२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई हटाएको विरोधमा अनेरास्ववियूले ऊर्जामन्त्रीको पुत्ला जलायो



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शन गरेका छन् ।

उनीहरुले आज बिहान विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन् । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारले घिसिङमाथि गरेको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।