१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई बालेनको छुद्र चेतावनी– ‘कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिन्छु’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले महानगरका कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताएका छन् ।

प्रमुख बालेनले गएराति सामाजिक सञ्जालमार्फत् अबको एक हप्ताभित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनीसमेत दिएका छन् ।

उनले भनेका छन्– ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो !!’

बालेनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ । कसैले बालेनलाई साहसिक नेताको उपमा दिएका छन् भने कतिपयले छुद्र अभिव्यक्ति भनेका छन् ।