२८ मंसिर २०८२, आईतवार
,
Latest
अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी सन्दीप लामिछानेले बीपीएल खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ यही चैत्र २४ देखि



फाइल फोटो
अ+ अ-

भोजपुर। भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रदेश सरकारबाट प्रतियोगिताका लागि रु २० लाख रकम प्राप्त हुनेछ ।

जिल्ला भलिबल सङ्घ भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा करिब रु ४५ लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा सात वटै प्रदेशका टिमको सहभागिता हुने आयोजक संस्थाका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिनुभयो । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँका भोजपुर, षडानन्द नगरपालिका, साल्पासिलिछो, अरुण, पौवादुङमा, आमचोक, हतुवागढी, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ७५ हजार, तेस्रो हुनेले रु ८० हजार र चौथो हुने प्रदेशको टिमलाई पुस्कार प्रदान गरिने जिल्ला भलिबल सङ्घका अध्यक्ष वीन्द्रकुमार तामाङले जानकारी दिनुभयो । उत्कृष्ट पाँच विधामा  रु ५० हजार, सर्वोत्कृष्ट विधालाई रु २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।