१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग : पदाधिकारी सिफारिसको जिम्मेवारी मिश्र नेतृत्वकै समितिलाई



अ+ अ-

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसमबन्धी दुई वटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् । यसअघि समितिले पदाधिकारी नियुक्तिको सिफारिस गर्न सकेको थिएन । समितिले ४० जनाको नाम छनोट गरेपछि समितिका सदस्यहरुबीच कुरा नमिल्दा सरकारलाई नाम सिफारिस गर्न सकेको थिएन । तर आज सरकारले फेरि यही समितिलाई नाम छनोट गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा पुन: सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए ।

सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यो समितिमा मानव अधिकार आयोगको एकजना प्रतिनिाधि रहन्छन्, यदि यसअघिको समितिले निरन्तरता पाउने हो भने आयोगले सदस्य मनोज दवाडीलाई पठाउनुपर्ने हुन्छ ।