५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग : पदाधिकारी सिफारिसको जिम्मेवारी मिश्र नेतृत्वकै समितिलाई



अ+ अ-

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसमबन्धी दुई वटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् । यसअघि समितिले पदाधिकारी नियुक्तिको सिफारिस गर्न सकेको थिएन । समितिले ४० जनाको नाम छनोट गरेपछि समितिका सदस्यहरुबीच कुरा नमिल्दा सरकारलाई नाम सिफारिस गर्न सकेको थिएन । तर आज सरकारले फेरि यही समितिलाई नाम छनोट गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा पुन: सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए ।

सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यो समितिमा मानव अधिकार आयोगको एकजना प्रतिनिाधि रहन्छन्, यदि यसअघिको समितिले निरन्तरता पाउने हो भने आयोगले सदस्य मनोज दवाडीलाई पठाउनुपर्ने हुन्छ ।