२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु

तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु
अ अ+ अ-

दमौली।  जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी भेटिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ‘ल्याव टेक्निसियन’ दीपक श्रेष्ठका अनुसार आँबुखैरेनी गाउँपालिकामा २०, बन्दीपुर गाउँपालिकामा १९, भानु नगरपालिकामा ११, भिमाद नगरपालिकामा छ, व्यास नगरपालिकामा ५३, देवघाट गाउँपालिकामा १५, घिरिङ गाउँपालिकामा १४, ऋषिङ गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा ११ र शुक्लागण्डकी नगरपालिकामा २३ जनामा क्षयरोग पुष्टि भएको छ । त्यसमध्ये छ जना बालबालिका छन् भने तीन जना एचआइभी सङ्क्रमित छन् ।

त्यसैगरी जिल्लामा क्षयरोगबाट १५ जनाको मृत्यु भएको छ । साउन महिनादेखि फागुन मसान्तसम्ममा क्षयरोगबाट १५ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा क्षयरोगबाट जिल्लामा १४ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा दुई सय ८६ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित एक सय ११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी १४ स्वास्थ्य संस्थामार्फत क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

कर्णालीमा पनि बढे क्षयरोगी
त्यसैगरी कर्णालीमा पनि क्षयरोगीको सङ्ख्या वृद्धि भएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका १० जिल्लामा आठ सय ९९ नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।

अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार सात सय १४ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । चालु आवको आठ महिनामा मात्रै आठ सय ९९ बिरामी थपिएका हुन् । साउनदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुर्खेत जिल्लामा तीन सय १२ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।

सल्यानमा एक सय ७६, रुकुमपश्चिममा एक सय पाँच, दैलेखमा ८७, जाजरकोटमा ७०, कालिकोटमा ५२, जुम्लामा ४३, डोल्पामा २३, मुगुमा २१ र सबैभन्दा कम हुम्लामा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयका क्षयकुष्ठ फोकलपर्सन तथा सूचना अधिकारी पदम केसीले जानकारी दिनुभयो । उहाँले अझै क्षयरोगीहरु उपचार बाहिर रहनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

यसैबीच आज विश्व क्षयरोग दिवसको अवसर पारेर आज प्रभातफेरि र कोणसभा गरिएको छ । सो कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उपचार बाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याइ सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानलाई सघाउन आग्रह गर्नुभयो । उहाँले बस्ती बस्तीमा क्षयरोगका बिरामी रहेकोले खोजी कार्यलाई तीव्रता दिन सुझाव दिनुभयो ।

स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले प्रदेशमा क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो । रासस