१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

‘हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग’

‘हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग’
तस्बिरः रासस
अ अ+ अ-

काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरुले माग गरेका छन् ।

सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांस्दहरुले यस्तो माग गरेका हुन् ।

हवाई भाडा महंगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिहरु समेत विदेशी एयरलाइसन्सको प्रयोग गर्न बाध्य रहेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले नेपाल आउन महंगो हुने तर यहाँ आइसकेपछि सस्तो हुने भएको कारण पर्यटकहरुमा समेत नकारात्मक प्रभाव पर्ने बताउनु भयो । उहाँले पर्यटकलाई नेपाल आउन सस्तो गर्न सकेको अवस्थामा नेपाल आएर महंगो खर्च गर्नसक्ने उहाँको विश्लेषण छ । उहाँले अमेरिका, थाइल्याण्ड लगायतका मुलुकहरुमा हवाई भाडा सस्तो र त्यहाँ हुने खर्च महंगो रहेको उल्लेख गर्दै नेपालमा ठिक उल्टो भइरहेको बताउनु भयो । उहाँले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा एयर फेयरसम्बन्धी नीति र करको विषयलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो नेपालमा आउन चाहीँ महंगो पर्ने तर नेपाल आइसकेपछि सस्तो पर्ने देखिएको छ । यदि नेपालमा आउन सस्तो भइदियो भने यसबाट फाइदा पनि एयरलाइन्सहरुले नै लिन्छ । तर नेपालमा आइसकेपछि महंगो खर्च गरे भनेपनि त्यसको फाइदा नेपाललाई नै हुन्छ । थाइल्याण्ड र अमेरिका लगायतका देशमा जाँदाखेरि सस्तो छ गइसकेपछि महंगो हुन्छ । हाम्रो चाँही ठिक उल्टो भयो । त्यसकारण हामीले एयर फेयरका पोलिसीहरु र करका सम्बन्धमा पनि आउने नीति तथा कार्यक्रममा समेट्न म मन्त्रालयलाई आग्रह गर्दछु ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विमानस्थल भन्सार कार्यालयहरु ८/१० जना भन्सार एजेन्को कब्जामा रहेको टिप्पणी गर्नुभयो । उहाँले ७ सय बढी भन्सार एजेन्टहरु रहेको अवस्थामा देशभरका विमानस्थलहरुमा ८र१० जना एजेन्टले मात्र चलाइरहेको बतउनु भयो । उहाँले विदेशमा बसेर समेत नेपालमा विमानस्थल भन्सार कार्यालय कब्जा गरिएको उल्लेख गर्दै मन्त्रालयको मिलोमतोमा त होइन रु भन्दै प्रश्न गर्नुभयो । भन्सार एजेन्टको उचित व्यवस्थापनको लागि उहाँले मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थलमा भन्सार एजेन्ट ८/१० जनाको कब्जामा छ । ७, ८ सय जनाले लोकसेवामार्फत उत्तिर्ण गरेको रैछ । तर देशभर काम चाँही ८÷१० ले मात्र गर्दो रहेछ । र, विदेशमा बस्ने भन्सार एजेन्टले यहाँको भन्सार कब्जा गर्ने रहेछ । मन्त्रालयमा के हो यो ? मिलिमतो हो कि ? जानकारी नभएको हो कि भन्सार एजेन्टको कुरा झुटो हो कि । यसमा मन्त्रालयको ध्यान जाओस् । ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पुँजीगत खर्च बढाउनुपर्ने बताउनु भयो । उहाँले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु चिन्ताजनक विषय रहेको बताउनु भयो । उहाँले निजगढ विमानस्थलमा किन प्रगति भएन? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले प्राथमितका साथ काम गरिरहेको भनेको निजगढ विमानस्थलको प्रगति शुन्य जस्तै भएको तर्क गर्नुभयो । उहाँले नेपाल आउने पर्यटकको तथ्यांक मन्त्रालयले देखाएको तथ्यांकसँग मेल नखाने समेत बताउनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकलाई समेत पर्यटकको संख्यामा गणना गर्दा समस्या भएको बताउनु भयो । उहाँले नेपालमा पर्यटकका रुपमा आउने गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रमा सहयोग गरे/नगरेको विश्लेषण गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयको पुँजीगत खर्च एकदमै न्युन देखियो । यसको कारण के होला ? मन्त्रालयको उच्च मूल्याङ्कन हुँदा समेत पुँजीगत खर्चको विषय चिन्ताजनक देखियो । आर्थिक वर्ष सकिन ४ महिना पनि बाँकी नहुँदा खर्च १५ प्रतिशत मात्र भएको छ । दोस्रो निजगड विमानस्थलमा खासै प्रगति भएको देखिएन । त्यसको कारण के हो ? हामीले पर्यटकको तथ्यांक कोभिडको भन्दा पहिलेकै अवस्थामा पुगेको देखिरहेका छौं । तर पर्यटन व्यवसायीहरु खासै प्रगति नभएको बताइरहनुभएको छ । गैरआवासीय नेपाली नागरिक नै टुरिस्ट भिसामा आउँदा उनीहरुलाई समेत यसै तथ्यांकमा राख्दा हाम्रो वास्तविक तथ्यांकमा संकलनमा समस्या भएको हो कि । यसबारेमा आउने नीति तथा कार्यक्रममा विश्लेषण गर्नुपर्ने देखिएको छ ।’

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जनकपुर विमानस्थलाई स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले मुलक संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशमा क्षेत्रीय विमानस्थलहरु घोषणा गरिएपनि मधेश प्रदेशको राजधानीमा रहेको जनकुपुर विमानस्थलको काम हुननसकेको बताउनु भयो ।

समितिको सोमवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कार्य प्रगति एवं अगामि आर्थिक वर्षको योजना, रणनीति एवं कार्यक्रमको बारेमा छलफल भएको छ ।