५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

साधारण शेयर बिक्री गर्ने क्रम बढ्यो

साधारण शेयर बिक्री गर्ने क्रम बढ्यो
अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ ।
 
गैर आवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ । कोरोनाका कारण आर्थिक गतिविधि रोक्न नहुने निष्कर्षका साथ साधारण शेयर बिक्रीको क्रम अगाडि बढाइएको सम्बन्धित कम्पनीले जनाएका छन् । यसै क्रममा लमजुङमा आयोजनास्थल रहेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले आज एक सार्वजनिक सूचनामार्फत आगामी भदौ ३ गतेदेखि साधारण शेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम रु ३७ करोड ५० लाख बराबरको प्रतिशेयर बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता रु १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर आम सर्वसाधरणलाई बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ । 

सो कम्पनीको शेयरमा प्रतिकित्ता रु १०० का दरका न्यूनतम १० कित्तार अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी भदौ ७ गतेसम्म हुनेछ भने ढिलोमा आगामी भदौ १७ गते हुने कम्पनीले जनाएको छ । 

कम्पनीले बिक्री गर्न लागेको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औसत रहेको जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको भन्ने हो । कम्पनीको शेयर  निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कूल लागत रु चार अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ । 

कम्पनीले लमजुङमा कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत वर्ष आएको बाढीका कारण आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेका कारण विद्युत् उत्पादन मिति एक वर्ष पर धकेलिएको हो । आयोजनाले केही समयभित्रै विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ । 

सरकारले प्रवद्र्धक कम्पनीलाई ३० वर्षका लागि सो आयोजनको अनुमति दिएको छ । आयोजनामा नोपल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको लगानी रहेको छ । दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो । दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।