१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.63

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी, नियन्त्रणमा आएन



अ+ अ-

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताउनुभयो । उहाँले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको  बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।