२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने दृढता व्यक्त गरेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ विश्वास व्यक्त गरेको होे ।

बैठकले यही विश्वास साथ अघि बढ्नु नै अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो ।

जनसम्पर्क समितिमा दुई किसिमका सदस्य

बैठकले पार्टीको विदेशस्थित जनसम्पर्क समितिमा कांग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई किसिमका सदस्य रहने व्यवस्था गरेको कार्यवाहक मुख्यसचिव डा पराजुलीले बताउनुभयो ।

नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएबमोजिम क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णय गरिएको छ । उक्त व्यवस्थाअनुसार जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई बाधा नपुग्ने
निर्णय गरिएको छ ।

यस्तै, जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ । यो व्यवस्था लागू हुनुपूर्व क्रियाशील सदस्यता प्राप्त गरेका त्यस्ता नागरिकहरूको हकमा निजहरूले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रूपान्तरित हुनेछ । साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिने निर्णय भएको पराजुलीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जनाभन्दा बढी तोक्न सक्ने व्यवस्था गरिएको छ ।

महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन क्रियाशील सदस्यता अनिवार्य

कांग्रेसले पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुन अनिवार्य क्रियाशील सदस्य हुनुपर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमावलीमा आवश्यक संशोधनसमेत गरेको  छ ।

यसैगरी कांग्रेसले यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा धेरै क्याम्पसमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकामा नेपाल विद्यार्थी सङ्घलाई बधाई ज्ञापन गर्दै विजयी सम्पूर्ण विद्यार्थीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ ।

पार्टीले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा स्थानीय दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको उल्लेख गर्दै उक्त घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।
बैठकले नेपाली कांग्रेस (बिपी) को साधारण सदस्यतासमेत परित्याग गरी पार्टीमा समाहित हुनुभएका हरिबोल भट्टराई, पुष्पराज पराजुली, गोविन्द शर्मा पौडेललगायत १२ जनालाई पार्टीका विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ ।

आजको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।रासस