१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित



Sunrisers Hyderabad players celebrates the wicket of Yashasvi Jaiswal of Rajasthan Royals during match 2 of the Indian Premier League season 18 (IPL 2025) between Sunrisers Hyderabad and Rajasthan Royals held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 23rd March 2025 Photo by Vipin Pawar / Sportzpics for IPL
अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ ।

भारतको राजिव गान्धी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ ।

हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए । हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनाएको थियो । हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित एक सय छ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए । हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।

राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए । रासस