१६ असार २०८३, मंगलवार
,
Latest
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि



अ+ अ-

दाङ  । दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको हो । 

१९ नम्बर बाहिनीका सहायक बाहिनीपति अलिन सिहका अनुसार साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको हो । 

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको थियो । 

एकजनालाई संक्रमण देखिएपछि उनीको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा राखिएको अवस्थामा रिपोर्ट पनि पोजिटिभ आएको बताए । संक्रमति सेनामा कुनै पनि लक्षण देखिएको छैन ।