१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
गिरिजाप्रसाद कोइराला सभागृहको अलपत्र निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिद्धता गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय



अ+ अ-

बैतडी। स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ । जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिनभुयो ।

कार्यालयले स्थानीय तहसँग समन्वय गरी सम्भावित बिरामी भएका तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर आयोजना गरिरहेको उहाँले बताउनुभयो । घुम्ती शिविरमार्फत सम्भावित व्यक्तिको खकारको नमूना सङ्कलन गरी परीक्षण गरिने निरीक्षक बडालले जानकारी दिनुभयो ।

दश स्थानीय तहमध्ये उहाँका पाँच तहमा घुम्ती शिविर सम्पन्न भइसकेका छन् । बजेट पुगेसम्म सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

हालसम्म डिलाशैनीको ब्रह्म आधारभूत स्वास्थ्य केन्द्र, दोगडाकेदारको न्वाली स्वास्थ्य केन्द्र, पञ्चेश्वर गाउँपालिकाको आमचौरा स्वास्थ्य चौकीअन्तर्गत विनायकमा घुम्ती शिविर सम्पन्न भएका छन् । यस्तै, शिवनाथ गाउँपालिकाको नागार्जन आधारभूत स्वास्थ्य केन्द्र र सिगास गाउँपालिकाको कान्धार आधारभूत स्वास्थ्य केन्द्रमा घुम्ती शिविर सम्पन्न भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस क्रममा दुई सय २३ को नमूना परीक्षण गर्दा चार जनामा क्षयरोग पुष्टि भएको छ । कान्धारमा ७१ जनाको नमूना सङ्कलन गरिएकामा रिपोर्ट आउन बाँकी छ । निरीक्षक बडालका अनुसार जिल्लामा ९८ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयको नियमित कार्यक्रमअन्तर्गत घुम्ती शिविरमार्फत विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएको सूचना अधिकारी विपिन लेखकले जानकारी दिनभुयो । शिविरमा क्षयरोग, कुष्ठरोग, मलेरियालगायत नसर्ने रोगको जाँच तथा परामर्श दिने गरिएको उहाँले बताउनुभयो । रासस