१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको महाधिवेशन आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालको महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर पुगेका छन् । चौतारीको मातृ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत आउने क्रम जारी छ ।

महाधिवेशनमा झन्डै ९ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ ।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ ।