५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै
अ+ अ-

नारायणपुर । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटेल सञ्चालकले बताएका छन् । घोराहीस्थित होटेल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटेलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन । “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छौं, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भने । अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताए। होटल व्यवसाय फस्टाउन नसक्दा होटेलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ ।

श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटेल डोकोका प्रबन्धब वसन्त जिएमले बताए । होटेलमा २१  श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ । “घरमै बसेकाहरुलाई समस्या पर्यो भने पछि तलबबाट काट्ने गरी रकम सहयोग गरेका छौँ”, उनले भने । अहिले काममा आएकाहरुलाई पनि होटेल सफा राख्ने र कफी बेच्नेबाहेक अरु केही काम दिन नसकिएको जिएमको भनाइ छ । दाङमा सानाठूला गरी करीब एक हजार तीन सय होटल छन् । कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।

भाडाका घरमा सञ्चालन भएकाले घरभाडा तिर्न नसक्दा होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । “अब हामीले होटेल व्यवसाय सञ्चालन गर्न सक्दैनौँ भनेर दैनिक दुईतीन जना लगत कट्टा गराउन आउनुहुन्छ”, उनले भने । डाँगीका अनुसार उनको होटलमा काम गर्ने श्रमिकमध्ये अहिले २५ प्रतिशत मात्रै छन् । “आफैँ घरपरिवारका सदस्यले चलाएको छु, व्यापार छैन, श्रमिकलाई राख्दा श्रमको पैसा पनि दिनुपर्यो, समस्या छ”, उनले भने। जिल्लामा कोरोनाका कारण अहिले करीब ७५ प्रतिशत श्रमिक रोजगारी गुमाउन बाध्य छन् ।

प्रदेश नं ५ मा करीब ११ हजार होटल व्यवसाय सञ्चालनमा छन् जसमा करीब ८५ अर्ब लगानी रहेको नेपाल होटेल तथा रेष्टुरेन्ट व्यवसाय महासङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए। उनका अनुसार ती होटेलमा ६० हजार श्रमिक  छन् तर अहिले करीब २५ प्रतिशत श्रमिक मात्रै कार्यरत छन् । अझै पनि कोरोनाको प्रभाव बढ्दै गएमा  कामदारको पनि रोजीरोटी गुम्ने खतरा रहेको उनले बताए । होटेल व्यवसाय तत्काल फस्टाउने अवस्था नदेखिएकाले  श्रमिकको रोजीरोटी गुम्न थालेको काफ्लेको भनाइ छ । “व्यवसायीलाई अहिले बैंकको किस्ता तिर्नेदेखि घरभाडा कसरी बुझाउने भन्ने पिर छ, अर्र्कातिर श्रमिकको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ”, उनले भने।