२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कवितामा व्यक्त आशय र विचारहरु यथार्थमा आधारित हुने बताएनु भयो । यथार्थमा आधारित कुराहरु समाजलाई जानकारी गराउने प्रभावशारी माध्यम भएको जिकिर गर्नुभयो । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो,‘कवितामा व्यक्त जो आशय र विचारहरु छन्, यथार्थमा आधारित कुराहरु छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरु हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरु आगामी दिनमा देशव्यापी रुपमा हुँदै जानुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्नसक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताउनुभयो । उहाँले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तस्बिरः प्रदीपराज वन्त÷रासस