५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो
अ+ अ-

लन्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ । 

बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । 

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २।२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ । 

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ । 

तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८।७ प्रतिशतले वृद्धि भएको छ । 

तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताउनुभयो । 

बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ । बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिनुभयो ।

जहाँसम्म, बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ । 

सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करिब ४४ अर्ब डलर छ ।