१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday
Latest
महिला र शिशुको कुपोषणमा काम गर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई गण्डकी प्रदेशसभा बैठक: भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयकमा छलफल ‘सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’ शान्तिपूर्ण आन्दोलन र संवादको आग्रह लागी नागरिक समुहको आग्रह सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना भोलि तिनकुनेमा जम्मा हुन कमल थापाले पनि गरे अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री



अ+ अ-

नेपालगञ्ज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भन्नुभयो । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने बताउनुभयो

उहाँले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिनुभयो ।  “मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभयो । उहाँले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताउनुभयो ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताउनुभयो । रासस