२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई परीक्षा : अनिवार्य नेपाली विषयमा एक सय ३८ विद्यार्थी अनुपस्थित



अ+ अ-

बागमती। माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुस्थित भएका छन् ।

अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार चार सय ७१, प्राविधिकधार तर्फ दुई सय २० र ग्रेडवृद्धितर्फ एक सय ८५ गरी पाँच हजार आठ सय ७६ जना परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले बताउनुभयो । सामुदायिक तथा संस्थागत गरी एक सय ३९ विद्यालयबाट एसइईका लागि सात हजार चार सय ८१ विद्यार्थीले फारम भरेका थिए ।

मकवानपुरमा यस वर्ष २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छभने २८ वटा केन्दाध्यक्ष, ५१ जना सहायक केन्दाध्यक्ष, तीन सय ७४ निरीक्षक, ७६ परीक्षा सहायक र एक सय ५० कार्यालय सहयोगी र चार सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख गिरीले बताउनुभयो ।

कारागारबाटै एसइईको परीक्षा दिँदै कैदीबन्दी

मकवानपुरको भिमफेदीस्थित कारागारमा छ जना कैदीबन्दी यस वर्षको एसइईमा सहभागी भएका छन् । कारागारमा रहेका सवारी ज्यान, जबर्जस्ती करणी, डाका, चोरी र लागुऔषध मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका छ जना एसइई परीक्षामा सहभागी भएको जेलर तीर्थराज पौडेलले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको जेलर पौडेलले बताउनुभयो । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आउने र परीक्षा लिएर फर्किने गरेको जेलर पौडेलको भनाइ छ । रासस