१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग

बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग
अ अ+ अ-

सुर्खेत। सामुदायिक विकास केन्द्र नेपाल (सिडिसी) ले बादी समुदायका ८४ जना अनाथ तथा विपन्न विद्यार्थीलाई एक वर्षको विद्यालय भर्ना शुल्क सहयोग गरेको छ।

CDC नेपालले शिक्षा, पोषण तथा सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको ‘A Campaign of Hope – Education, Nutrition & Care’ कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो। वीरेन्द्रनगर–८ स्थित बादी सरोकार मञ्च नेपालमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सहयोग हस्तान्तरण गरिएको थियो।

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकालाई विद्यालयमा निरन्तर अध्ययन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिडिसी नेपालकी अध्यक्ष राधा मातंगीले शिक्षा सामाजिक परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयाे ।

‘हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकार राख्छ। आर्थिक अभाव कुनै पनि बालबालिकाको भविष्यमा बाधा बन्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘सिडिसी नेपालले आगामी दिनमा पनि शिक्षा, पोषण, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा यस्ता अभियानलाई निरन्तरता दिनेछ।’

उहाँले सरकारी निकाय, निजी क्षेत्र तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ संस्थासँग सहकार्य गर्दै थप बालबालिका तथा विपन्न समुदायसम्म पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, सिडिसी नेपालका कोषाध्यक्ष रेशम नेपालीले संस्थाले प्राप्त गर्ने सहयोगलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी रूपमा लक्षित समुदायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभियानलाई सफल बनाउन श्याम–फुलमाया फाउन्डेसनले मुख्य आर्थिक सहयोग गरेको हो। विशेषगरी श्याम सार्की मगरातीको सहयोगले ८४ जना बालबालिकाको शैक्षिक यात्रा सहज बनाउन महत्वपूर्ण योगदान पुगेको कार्यक्रममा उल्लेख गरिएको थियो।

कार्यक्रममा फुलमाया सार्की मगराती तथा श्याम–फुलमाया हस्तकला उद्योगको सामाजिक योगदानको समेत प्रशंसा गरिएको थियो। शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सिडिसी नेपालका अनुसार अभियानको उद्देश्य बालबालिकालाई विद्यालयमा टिकाइराख्नु, शिक्षामा पहुँच बढाउनु तथा उनीहरूको समग्र विकासमा योगदान पुर्‍याउनु हो।

कार्यक्रममा बादी सरोकार मञ्च नेपाल, वीरेन्द्रनगर नगरपालिका, विद्यालय परिवार, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

सिडिसी नेपालले शिक्षा, स्वास्थ्य, पोषण, महिला तथा बाल अधिकार, जीविकोपार्जन र सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ।