१ श्रावण २०८३, शुक्रबार
,
Latest
मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिन भित्र खाली गर्न निर्देशन आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग एक वर्षमा २२ गैँडा मरे उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग



अ+ अ-

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधनका लागि माग गरेको छ ।

इक्यानसहित सम्बद्ध संस्थाहरूले सरोकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएको भनी आपत्ति जनाउँदै परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत ‘अव्यावहारिक व्यवस्था’ हटाउन माग गरेका हुन् ।

यसै सन्दर्भमा गठित संयुक्त सङ्घर्ष समितिले नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबाबमूलक कार्यक्रम गर्नेभएको छ ।

संयुक्त सङ्घर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका एक हजारभन्दा बढी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रुपमा सरोकार राख्ने पक्षसँग छलफल गरी नियमावली जारी गरेकामा आपत्ति व्यक्त गर्नुभयो ।

आवश्यक छलफलसहित सम्बद्ध व्यवसायीका पक्षमा नियमावली ल्याउन माग गर्दै आज काठमाडौँमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो ।