५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै, कञ्चनपुरमा मात्रै १ सय २० हेक्टर जमिन भारतको कब्जामा

नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै, कञ्चनपुरमा मात्रै १ सय २० हेक्टर जमिन भारतको कब्जामा
अ+ अ-

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ । 

गत जेठमा सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि अझै नेपाली भूमि भारतीय पक्षको अतिक्रणमा छ । सुस्ता, लिपुलेक, कालापानी मात्रै नभएर तराई अन्य जिल्लामा पनि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कञ्चनपुरमा मात्रै नेपालको १ सय २० हेक्टर प्रमाण पूर्जा सहितको जमिन भारततर्फ रहेको बताउनुभयो । कञ्चनपुर जिल्ला विकास समितिबाट २०५८ सालसम्म विकास निर्माणका लागि बजेट विनियोजन भएको प्याराताल क्षेत्रमा भारतीय पक्षले अहिले दावी गरिरहेको छ । ‘स्ट्रिप नक्सा’को आधारमा भारतले हुलाकी राजमार्ग निर्माण र स्थानीय जनताले खेती गरिरहेको जमिनमा समेत अवरोध पु¥याइरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका संयोजक पल्लवराज भट्टले बताउनुभयो । भारतीय पक्षलाई मात्रै फाइदा पुग्ने गरी बनाइएको ‘स्ट्रिप नक्सा’का आधारमा नेपाल सरकारले निर्माण गरिरहेका नहर, विद्यालय र अनय संरचना निर्माणमा समेत भारतले अवरोध पु¥याइरहेको उहाँले बताउनुभयो । भारतले एकतर्फी रुपमा बनाएर कार्यान्वयन गर्न खोजेको ‘स्ट्रिप नक्सा’ कञ्चपुरबासीलाई मान्य नभएको उल्लेख गर्दै उहाँले तथ्य, प्रमाण र जग्गाधनी पुर्जाका आधारमा स्थानीयको समेत सहभागिता हुनेगरी ‘स्ट्रिप नक्सा’ पुनरावलोकन गर्न माग गर्नुभयो । नेपालीले भोगचलन गर्दै आएको जमिन निस्सालाई बेवास्ता गर्दै भूमि भारततर्फ पर्ने गरी कसरी नक्सा तयार भयो, यसमा संलग्न पक्ष को हुन भन्ने विषयमा तत्काल छानबिन गरी कारवाही गर्न पनि उहाँले माग गर्नुभयो । उहाँले ‘स्ट्रिप नक्सा’लाई पुनरावलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भलाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको मूख्य आधार बनाएर नियतवस सारिएका, गायव गरिएका र भत्काइएका सीमा स्तम्भहरुलाई तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरी पुर्नस्थापना गर्न पनि माग गर्नुभयो ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सन् १८६० मा तयार भएको बेस म्यापका आधारमा नदीको बहाव क्षेत्र पहिचान गरी २०४५ मा तयार भएको नक्साका कारण नै नेपाली जमिन भारततर्फ गएको हुन सक्ने बताउनुभयो । नेपालीले भोगचलन गर्दै आएको जमिन भारततर्फ पर्न गएको विषयमा कुटनीतिक पहल गरी समस्या समाधान गरिने उहाँले बताउनुभयो ।

नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले अहिले नेपाली जनताको जग्गाधनी पुर्जा भएको १ सय २० हेक्टर जमिन भारततिर परेको बताउनुभयो । भारतले एकतर्फि रुपमा बनाएको भनिएको ‘स्ट्रिप नक्सा’ले अन्तिम रुप नपाएको उहाँले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपालको जमिन भारततर्फ पार्ने काम जानी जानी हुनु गम्भिर भएको विषय भएकाले यो विषयमा छानबिन गरी कडा कारवाही गरिनुपर्ने बताउनुभयो । सीमा समाधान एकपक्षीय ढंगबाट समाधान नहुने उल्लेख गर्दै उहाँले कुटनीतिक र सैद्धान्तिक आधारमा समाधान गर्नुपर्ने बताउनुभयो ।

द्वन्दकालिन समयमा सुरक्षाको कारण देखाउँदै नेपालको तर्फबाट खटिएको तत्कालित सीमा सर्वे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर मुल सीमा स्तम्भलाई बेवास्ता गर्दै साक्षी स्तम्भ र सहायक स्तम्भलाई मुल स्तम्भ स्वीकार गरी स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ । अहिले कार्यान्वयन गर्न खोजिएको सो नक्साले कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा रहेको ३२ नम्बर पिल्लर देखि ३३ नम्बर पिलर र ३३ देखि ३४ सम्म नेपालले भागचलन गर्दै आएको र लालपुर्जा भएको जग्गा भारतीतर पर्ने गरी सिमांकन गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिको ठहर छ । यस्तै बेलौरी नगरपालिकाको वाड नम्बर ८ मा रहेको साक्षी स्तम्भ नम्बर ३८ मुल स्तम्भ मानेर नक्सा कार्यान्वयन गर्न खोजिएको छ । त्यसो हुादा हुलाकी राजमार्ग समेत भारतमा पर्ने देखिएको छ । अहिले राजमार्ग निर्माणको काम भारतीय सुरक्षाकर्मीले बन्द गराएका छन भने, ३७, ३८ र ३९ नम्बर स्तम्भको सयौँ विगाहा जमिन भारततिर पर्ने देखिएको छ । यस्तै बेलौरी १ र पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा पर्ने २०० नम्बर सीमा स्तम्भ गायव छ । २०१ र १९९ नम्बर पिलरलाई आधारमा मानेर सो पिलर निर्माण गर्नुपर्नेमा २०१ बाट सोझै १९८ नम्बरमा पुग्ने गरी ३ किलोमिटर क्षेत्रको ५० देखि ९ सय मिटर चौर्डाइसम्मको भूमि भारततिर पर्ने गरी नक्सांकन गरिएको छ । पुनर्वास ९ मा रहेको प्यारातालभन्दा २ सय मिटर दक्षिणमा ढालिएको अवस्थामा १९५ नम्बर पिलर रहेको छ । विगतमा त्यही पिलरलाई सीमा पिलर मानिदै आएकोमा अहिले भारतले प्याराताल समेत भारतले आफ्नो दावी गर्दै आएको छ ।