१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा डढेलो नियन्त्रणका अभ्यास



अ+ अ-

नेपालगञ्ज। डढेलो नियन्त्रणका लागि बाँकेका विभिन्न स्थानमा स्थानीय समुदायलाई डढेलो नियन्त्रणका अभ्यास गराइएको छ ।

वनसँग जोडिएर बसेका समुदायलाई लक्षित गरेर जनचेतना फैलाउने उद्देश्यले त्यस्तो अभ्यास गराइएको जिल्ला वन कार्यालय, बाँकेका सूचना अधिकारी टङ्क गुरूङले जानकारी दिनुभयो ।

“हामीले फिल्डमा गएर आगो लगाएर उपकरणको प्रयोगमार्फत आगो नियन्त्रणको विधि सिकाइएको छ”, उहाँले भन्नुभयो ।

गुरूङले जिल्लाका नरैनापुर, राँझा, शमशेरगञ्ज र सिक्टाका वन क्षेत्रमा सो अभ्यास भएको उल्लेख गर्दै डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम गरेको जानकारी दिनुभयो ।

उहाँले जिल्लास्थित सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा कार्यक्रम भइरहेको जानकारी दिँदै एक सय १८ सामुदायिक वनलाई चार कल्स्टरमा विभाजन गरेर कार्यक्रम गरेको बताउनुभयो ।

यसबाहेक डढेलो लाग्न नदिन वनका पातपतिङ्गरको सरसफाइ, अग्निरेखा निर्माणलगायतका जनचेतानमूलक कार्यक्रम सञ्चालन भएको गुरूङले बताउनुभयो ।

सवडिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज लम्सालले डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रकजस्ता चार महिनाका लागि नियुक्त गरेर वनमा सरसफाइलगायत कार्य भएको उल्लेख गर्दै डढेलो नियन्त्रणका विधि सिकाइएको बताउनुभयो । यसको मुख्य उद्देश्य समुदायलाई डढेलो नियन्त्रण गर्न जागरूक बनाउनु हो उहाँले भन्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, बाँकेका अध्यक्ष सावित्रा पुनमगरले जिल्लामा डढेलोका कारणले चिन्ताजनक स्थिति रहेकाले पछि परेका समुदायलाई चेतना जागृत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वनसँग जोडिएका गाउँघरमा जथाभावी रूपमा प्रज्वलशील पदार्थ नफाल्न आग्रह गरिएको उल्लेख गर्दै डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम आवश्यक भएको बताउनुभयो । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा ठूलो क्षति भएको थियो । डढेलोका कारण पशु चौपायाका साथसाथै सर्प, खरोयो र विभिन्न प्रजातिका चरा मरेका थिए ।रासस