१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा निवेदन दर्ता गराए



अ+ अ-

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनु भएको छ।

काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराउनु भएको हो।

अब उहाँले चितवनकाे सहारा सहकारी सम्बन्धी मुद्दामा त्यहाँकाे जिल्ला अदालतले माघ २४ गते ५४ लाख धराैटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा फाैजदारी कार्यविधि संहिताकाे दफा ७३ बमाेजिम निवेदन दिन बाँकी छ। लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसक्नु भएकाे छ।

पर्साकाे सानाे पाइला सहकारीकाे बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएकाे छैन।

पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका सदस्यहरू अदालत बाहिरकाे मुख्य सडकमा जम्मा भएका थिए। अदालतबाट फर्किदा लामिछानेले उनीहरुसहित सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए।