८ श्रावण २०८३, शुक्रबार
,
Latest
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं अदालतको आदेशविरुद्ध रवि लामिछाने आज उच्च अदालतमा जाँदै



file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने आज उच्च अदालतमा जाने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले गत माघ २ गते रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । सो आदेशविरुद्ध पुनरावेदन निवेदन लिएर लामिछाने आज ११ बजे उच्च अदालत पाटनमा जाने बताइएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न गत माघ २ गते काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

तर धरौटी लिने अदालतको निर्णयविरुद्ध उनी उच्च अदालतमा जान लागेका हुन् । उनले साधारण तारिखको माग गर्ने छन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।




भर्खरै