८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

घरेलु उद्योग प्रवर्द्धनका गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

घरेलु उद्योग प्रवर्द्धनका गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न तथा प्रदेशमा कार्यरत निजामती कर्मचारीले घरेलुका कपडा लगाउने व्यवस्थाका निम्ति नीति निर्माण गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित तीनदिने ढाका महोत्सवको उद्घाटन गर्दै तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई घरेलुका उत्पादन प्रयोग गर्न अनुदानको व्यवस्था गर्नसकिने  बताउनुभयो ।  कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले ढाकाको  बजारीकरणमा जोड दिनुभयो ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासङ्घकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई कच्चा पदार्थ खरिद गर्न  अनुदान दिइनुपर्ने माग गर्नुभयो ।रासस