२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु उद्योग प्रवर्द्धनका गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न तथा प्रदेशमा कार्यरत निजामती कर्मचारीले घरेलुका कपडा लगाउने व्यवस्थाका निम्ति नीति निर्माण गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित तीनदिने ढाका महोत्सवको उद्घाटन गर्दै तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई घरेलुका उत्पादन प्रयोग गर्न अनुदानको व्यवस्था गर्नसकिने  बताउनुभयो ।  कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले ढाकाको  बजारीकरणमा जोड दिनुभयो ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासङ्घकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई कच्चा पदार्थ खरिद गर्न  अनुदान दिइनुपर्ने माग गर्नुभयो ।रासस