८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

अधिकारलाई सङ्कुचित बनाउन नहुने

अधिकारलाई सङ्कुचित बनाउन नहुने
अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउन नहुने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा आज धनगढीमा आयोजित ‘१६औँ योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना’ विषयक प्रदेश र स्थानीय तह लक्षित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्धि र विकासका लागि अधिकारलाई खुला गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रक्रियागत रुपमा सङ्घले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा प्रयोग गरोस, स्थानीयले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा अधिकार प्रयोग गरोस् तर हामीले अलिकति खुला हृदय बनाउनुपर्दछ ।”

सबैको सहभागिता हुने वातावरण निर्माण नगरी अगाडि बढ्न नसकिने उहाँले बताउँनुभयो । मुख्यमन्त्री शाहले स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने गरी सङ्घ–प्रदेश, प्रदेश–स्थानीय र सङ्घ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसात गरी शासकीय प्रक्रियामा जानुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, राष्ट्रिय योजना आयोगका सदस्य, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सञ्चारकर्मीलगायत सहभागी थिए । रासस