२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारलाई सङ्कुचित बनाउन नहुने



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउन नहुने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा आज धनगढीमा आयोजित ‘१६औँ योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना’ विषयक प्रदेश र स्थानीय तह लक्षित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्धि र विकासका लागि अधिकारलाई खुला गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रक्रियागत रुपमा सङ्घले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा प्रयोग गरोस, स्थानीयले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा अधिकार प्रयोग गरोस् तर हामीले अलिकति खुला हृदय बनाउनुपर्दछ ।”

सबैको सहभागिता हुने वातावरण निर्माण नगरी अगाडि बढ्न नसकिने उहाँले बताउँनुभयो । मुख्यमन्त्री शाहले स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने गरी सङ्घ–प्रदेश, प्रदेश–स्थानीय र सङ्घ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसात गरी शासकीय प्रक्रियामा जानुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, राष्ट्रिय योजना आयोगका सदस्य, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सञ्चारकर्मीलगायत सहभागी थिए । रासस