१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

14.71°C

काठमाडौं

14.71°C

Kathmandu

Feels-like: 13.36

Wind: 2.57

Humidity: 43

Latest
मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल राष्ट्रियसभामा विभिन्न विधेयक पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो



प्रतीकात्मक तस्बिर
अ+ अ-

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो ।

गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधबार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो ।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो । प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिबार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।

बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।

उनीहरुमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो ।