१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

14.71°C

काठमाडौं

14.71°C

Kathmandu

Feels-like: 13.36

Wind: 2.57

Humidity: 43

Latest
परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल राष्ट्रियसभामा विभिन्न विधेयक पेस क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल ‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रको पक्षमा एमालेले जनप्रदर्शन र विशेष सभा गर्ने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको जनाएको छ ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिने छ ।

यस्तै, एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्नेछ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

यस्तो छ एमालेको कार्यक्रमः
१. प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।

२. सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।

३. चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।

४. चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।