१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिे अघि बढेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरुको डिडिएको काम अघि बढाइएको बताउनु भयो ।

जाजरकोटमा पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको बताउनु भयो । केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि बताउनु भयो । गत आश्विन महिनाको अविरल वर्षाका कारणले वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘खास गरेर डोटीमा,बझाङमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर जुन भूकम्प गएको थियो । त्यसका बारेमा डिडिए हुन नसकेका ठाउँमा डिडिए गर्ने, डिडिए गर्नुका साथै डिडिए भएका ठाउँमा निजी अस्थायी आवासहरु निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ । पश्चिम नेपाल भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफैँ गएर उद्घाटन गरेर आएको थिएँ । त्यसका बारेमा आजको बैठकमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्बबाट उत्पन्न पीडा, पीडितहरुको डिडिए गर्न बाँकी रहेको जति काम पनि द्रुत गतिमा अघि बढेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा स्थायी आवास निर्माणको काम पनि अघि बढेको छ ।’

‘जाजरकोटमै पनि पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको छ । यहाँबाट अनुदान जाने काम प्रारम्भ भएको छ । डेढ, दुई वर्षदेखि रोकिएको काम अघि बढेको छ । त्यसका बारेमा समीक्षा गरियो । गत आश्विन महिनाको अविरल वर्षाका कारणले खास गरी वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको थियो, त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको छ । हप्ता दिनभित्र काम अघि बढाउँछौँ । निजी आवास सरकारले नै अनुदान दिएर बनाउने हो । निजी अस्थायी र स्थायी पनि बनाउने हो । चाँडै अघि बढ्छौँ । आगामी दिनमा विपद्बाट हुनसक्ने जोखिमका लागि सबै खालका जोखिमका लागि तयार रहने र त्यो किसिमको तयारीका साथ अघि बढ्ने कुराकानी भएको छ ।’

गृहमन्त्री लेखकले आगामी दिनमा विपद्बाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताउनु भयो ।