८ भाद्र २०८३, सोमबार
,
Latest
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हँुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी पूरा भएको छ । “परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् ।

यसैगरी, प्राविधिक धारतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ । रासस