• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

श्रीलङ्काका जेल प्रमुखलाई २०१२ मा भएको नरसंहारमा मृत्युदण्ड



कोलम्बो । मृत्युदण्ड शैलीको नरसंहारमा २७ कैदीको हत्या गरिएको अभियोगमा श्रीलङ्काका एक शीर्ष जेल अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सो नरसंहारको अन्तर्राष्ट्रियरुपमा भत्र्सना गरिएको थियो ।  

कोलम्बो उच्च अदालतले बुधबार जेल आयुक्त एमिल लामाहेवागेलाई दोषी ठहर गरेको छ । यद्यपि नोभेम्बर २०१२ मा भएको हत्यामा उनका सहआरोपी पुलिस कमान्डो मोसेस रङ्गजीवालाई सफाइ दिइएको छ । 

यी दुईलाई जुलाई २०१९ मा श्रीलङ्काको कोलम्बोको मुख्य वेलिकाडा जेलमा भएको हत्याको अभियोग लगाइएको थियो। सो नरसंहारमा जम्मा २७ जनालाई गोली हानेर मारिएको थियो तर प्रमाण जम्मा आठ जनाको मात्रै भएको थियो ।

वेलिकाडामा दङ्गा गर्ने र हतियार भण्डारबाट हतियार लिएका कैदीहरूलाई निशस्त्र पार्न प्रहरी कमान्डोहरू प्रयोग गरिएको थियो। सरकारी वकिलका अनुसार आठ कैदीलाई नामले बोलाएर फाँसी दिने शैलीमा मारिएको थियो । अरुलाई पनि गोली हानेर मारिएको थियो ।

अदालतका कागजातअनुसार पीडितहरूले जेल गार्डहरूमाथि गोली चलाउने प्रयास गरेको जस्तो देखाउन पछि हतियारहरू प्रस्तुत गरिएको थियो। यद्यपी उनीहरुले हत्या कसले गरेको भन्ने कुरा भने उल्लेख गरेका छैनन् ।

सन् २००९ मा समाप्त भएको श्रीलङ्काको ३७ वर्ष लामो तमिल युद्धको अन्तिम वर्षहरूमा पनि अधिकार उल्लङ्घनका लागि निन्दाको सामना गर्नुहुने वर्तमान प्रधानमन्त्री तथा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको सरकारको लक्षित हत्याप्रति अन्तर्राष्ट्रिय निन्दा भएको थियो।

मारिएका केही कैदीहरू श्रीलङ्काको राष्ट्रिय सङ्ग्रहालय र मन्दिरमा लुटपाटमा संलग्न थिए।

सन् १९८३ जुलाईको दङ्गामा ५० कैदीहरुको हत्यापछि सन् २०१२ मा भएको उक्त नरसंहार श्रीलङ्काको सबैभन्दा खराब जेल हिंसा थियो । एजेन्सी