२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका जेल प्रमुखलाई २०१२ मा भएको नरसंहारमा मृत्युदण्ड



अ+ अ-

कोलम्बो । मृत्युदण्ड शैलीको नरसंहारमा २७ कैदीको हत्या गरिएको अभियोगमा श्रीलङ्काका एक शीर्ष जेल अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सो नरसंहारको अन्तर्राष्ट्रियरुपमा भत्र्सना गरिएको थियो ।  

कोलम्बो उच्च अदालतले बुधबार जेल आयुक्त एमिल लामाहेवागेलाई दोषी ठहर गरेको छ । यद्यपि नोभेम्बर २०१२ मा भएको हत्यामा उनका सहआरोपी पुलिस कमान्डो मोसेस रङ्गजीवालाई सफाइ दिइएको छ । 

यी दुईलाई जुलाई २०१९ मा श्रीलङ्काको कोलम्बोको मुख्य वेलिकाडा जेलमा भएको हत्याको अभियोग लगाइएको थियो। सो नरसंहारमा जम्मा २७ जनालाई गोली हानेर मारिएको थियो तर प्रमाण जम्मा आठ जनाको मात्रै भएको थियो ।

वेलिकाडामा दङ्गा गर्ने र हतियार भण्डारबाट हतियार लिएका कैदीहरूलाई निशस्त्र पार्न प्रहरी कमान्डोहरू प्रयोग गरिएको थियो। सरकारी वकिलका अनुसार आठ कैदीलाई नामले बोलाएर फाँसी दिने शैलीमा मारिएको थियो । अरुलाई पनि गोली हानेर मारिएको थियो ।

अदालतका कागजातअनुसार पीडितहरूले जेल गार्डहरूमाथि गोली चलाउने प्रयास गरेको जस्तो देखाउन पछि हतियारहरू प्रस्तुत गरिएको थियो। यद्यपी उनीहरुले हत्या कसले गरेको भन्ने कुरा भने उल्लेख गरेका छैनन् ।

सन् २००९ मा समाप्त भएको श्रीलङ्काको ३७ वर्ष लामो तमिल युद्धको अन्तिम वर्षहरूमा पनि अधिकार उल्लङ्घनका लागि निन्दाको सामना गर्नुहुने वर्तमान प्रधानमन्त्री तथा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको सरकारको लक्षित हत्याप्रति अन्तर्राष्ट्रिय निन्दा भएको थियो।

मारिएका केही कैदीहरू श्रीलङ्काको राष्ट्रिय सङ्ग्रहालय र मन्दिरमा लुटपाटमा संलग्न थिए।

सन् १९८३ जुलाईको दङ्गामा ५० कैदीहरुको हत्यापछि सन् २०१२ मा भएको उक्त नरसंहार श्रीलङ्काको सबैभन्दा खराब जेल हिंसा थियो । एजेन्सी