२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.31

Wind: 4.12

Humidity: 22

Latest
पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान श्रीमान–श्रीमती छुट्टाछुट्टै ओछ्यानमा किन सुत्नुपर्छ ? यी १० कारणले टुट्छ रोमान्टिक सम्बन्ध, कसरी टिकाइराख्ने ? सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने प्रधानमन्त्री ओली स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले वन डढेलो व्यवस्थापनका लागि नेपाली सेनाको सहयोग र समन्वयमा सशस्त्र वन रक्षक एवं स्थानीय समुदायसमेत परिचालन गरी वन डढेलो नियन्त्रण भइरहेको जानकारी दिनुभयो ।

मन्त्री ठकुरीले वन तथा वातावरणक्षेत्रसँग सम्बन्धित क्रियाकलापमार्फत चालु आर्थिक वर्षमा ४० हजार जनालाई रोजगारी सिर्जना हुने र त्यसबाट युवाशक्ति विदेश पलायन कम गर्न सहयोग मिल्ने अनुमान गरिएको पनि बताउनुभयो ।

“राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम, जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनालमार्फत भिरालो जग्गामा बहुवर्षीय (फलफूल) खेती, निजी जग्गामा कृषि वन प्रवर्द्धन, फलफूलका बिरुवा रोपण गरी फलफूलखेती विस्तार गरी कृषि उत्पादन तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा खाली जग्गामा बाँस,अम्रिसो,अन्य बिरुवा रोपण तथा व्यवस्थापन गरी मौजुदा बाँझो जग्गालाई उत्पादनसँग जोड्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो ।

मन्त्री ठकुरीले जलवायु परिवर्तन समेतका कारणले निम्त्याउने प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारा स्थिरीकरण, व्यस्थापन, गल्छी÷पहिरो÷खहरे रोकथाम, क्षतिग्रस्त भूमिमा तारबारसहित वृक्षरोपण गरी जग्गा पुनःस्थापन, तटबन्ध निर्माणलगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो । रासस