१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न सांसदहरुको माग

मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले मध्यर्तीको सीमानाका बारेमा कानूनमा व्यवस्था भए बमोजिम पुनः सीमाङ्कनको जरुरी रहेको बताउनु भयो । उहाँले निजी आवादीको क्षेत्र, बसोवास भएका क्षेत्रहरु मध्यवर्तीमा नपर्ने बताउनु भयो । बस्ती, आवादी, निजी जमिनलाई मध्यवर्तीको सीमानाभित्र राख्नेकुरालाइ हटाउनुपर्ने उहाँको माग गछ ।

उहाँले भन्नुभयो, ‘मध्यवर्ती सीमानाका बारेमा हामीले यसको गम्भीरताका साथ रिभ्यु गरौँ । आजै हाम्रो बैठकबाट निर्देशन गरौँ । मध्यर्तीको सीमानाका बारेमा कानूनमा व्यवस्था भए बमोजिम रिभ्यु गरौँ । निजी आवादीको क्षेत्र, बसोवास भएका क्षेत्रहरु मध्यवर्तीमा पर्दैनन् । त्यो नपर्ने गरीको सीमाना राखौँ । बस्ती, आवादी, निजी जमिनलाई मध्यवर्तीको सीमानाभित्र राख्नेकुरालाई हटाऔँ । मानव अधिकारको गम्भीर उल्लंघन भएको छ, नागरिक र वन प्रशासनको अनावश्यक द्वन्द्व भइरहेको छ । स्थानीय सरकार र निकुञ्ज प्रशासनको अनावश्यक द्वन्द्व भइरहेको र त्यो द्वन्द्व हामी प्रतिनिधिमार्फत प्रकटीकरण भइरहनुपर्ने कारणले गर्दा हामीलाई पनि वन प्रशासनका कर्मचारीसँग नमिठो व्यवहार गर्न मन छैन नि ।’

बैठकमा नेपाली काँग्रेसका सांसद जीवन परियारले मध्यवर्ती क्षेत्रका मानिसहरु कसरी सहज रुपमा बाँच्न सक्छन् भन्नेकुरामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले वैकल्पिक व्यवस्था दिने वा मध्यवर्ती क्षेत्रमा बसेका जनताको समस्या कसरी सहज बनाउने भन्नेबारेमा गम्भीर भएर कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।