२८ मंसिर २०८२, आईतवार
,
Latest
विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी सन्दीप लामिछानेले बीपीएल खेल्ने सन्तोष चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण



अ+ अ-

काठमाडौँ । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ ।

बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनः निर्माण २०७७ साल माघ २९ गतेदेखि पुनःनिर्माण कार्य भइरहेको छ ।

हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२.१८ प्रतिशत रहेको बताइएको छ । तत्कालिन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायत्का कार्यहरु समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो ।

चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।