९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

12.97°C

काठमाडौं

12.97°C

Kathmandu

Feels-like: 12.36

Wind: 7.72

Humidity: 78

Latest
निवार्हमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकाललको जोड क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव अहिले देशमा शान्ति चाहिएको छ: पूर्वराजा शाह पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री केकेआरबाट शाहरुख खानले वार्षिक कति करोड कमाउँछन्? राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार ! प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा आईपीएल २०२५ आजबाट सुरुः कोलकाता र बेंगलुरु भिड्दै, यस्तो छ हेड-टु-हेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा मझौला उद्यमीको मानव अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र सार्वजनिक सेवा तथा वस्तु उपलब्ध गराउने सबैभन्दा ठूलो क्षेत्र भएको बताउनुभएको छ । व्यवसाय र मानवअधिकारका विषयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले उपभोक्ताको अधिकार, श्रमिकको अधिकार, महिला तथा बालबालिकाको अधिकार साथै वातावरणीय संरक्षण तथा अन्य मौलिक अधिकार कार्यान्वयनमा नीजि क्षेत्रको भूमिका हुने बताउनुभयो ।

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मान्यताअनुरूप व्यावसायिक प्रतिष्ठानहरूले मानव अधिकारको क्षेत्रमा गर्नुपर्ने पहल र काम सम्बन्धमा नेपालले पनि क्रमश: प्रयासहरु जारी राखेको भन्दै अन्तर्राष्ट्रिय अभ्यासहरू अवलम्बन गर्ने क्रममा नेपालमा पनि केही प्रयास गरेको बताउनुभयो । ‘उपभोक्ताको बढ्दो चेतना, बढ्दो वातावरणीय सरोकार, गुणस्तरीय सेवा र उत्पादनको बढ्दो मागलगायतको परिवेशमा व्यवसायका क्षेत्रमा मानव अधिकारको सम्मान अनिवार्य भएको छ, यसले व्यवसायको प्रतिस्पर्धा र नागरिकको विश्वास बढाउन मद्दत गर्छ’, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपालले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना अन्तर्गत “व्यवसाय र मानव अधिकारी सम्बन्धी राष्ट्रिय कार्ययोजना” तर्जुमा गरी गत २०८० पौष ११ गते मन्त्रिपरिषद्बाट पारित गरेको र यो कार्ययोजना कुनै नयाँ नीति वा कानुन नभई मानव अधिकार संरक्षण सम्बन्धी बनेका अन्य नीति तथा कानुन पालना गराउन बनेको कार्ययोजना भएको बताउनुभयो ।

नेपाल सरकारले पारित गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रि«य कार्ययोजना मस्यौदाका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा बनेको कार्यदलमा निजी क्षेत्रको तर्फबाट महासंघको पनि प्रतिनिधित्व रहेको थियो ।

अध्यक्ष ढकाले नेपालमा सञ्चालन भएका सबै व्यवसाय कर्पोरेट संस्कृतिमा चल्ने ठूला खालका मात्र नभएकाले साना तथा मझौला उद्यमीको मानव अधिकारको सम्मानको विषयले पनि प्रवेश पाउनु पर्ने बताउनुभयो । ‘पछिल्ला वर्षहरुमा मानव अधिकारको संरक्षण र सम्मानतर्फ विश्वव्यापी रुपमा विकसित घटनाक्रमलाई अध्ययन गरी हामीले पनि हाम्रा गतिविधिलाई परिमार्जन गर्दै गएका छौं,’ उहाँले भन्नुभयो– ‘नेपालको निजी क्षेत्रले सम्मानजनक कार्य अवस्थाको विकास र श्रमिकका अधिकारको प्रत्याभूति हुने गरी काम गरिरहेको छ ।’

उहाँले मानव अधिकारको संरक्षण गर्नु मुख्य दायित्व राज्यको भए पनि उक्त अधिकारको सम्मान गर्नु र कार्यस्थलमा अधिकार हनन्सम्बन्धी गुनासो आएमा त्यसको सुनुवाई गर्ने इकाइ स्थापना गर्नुपर्ने निजी क्षेत्रको दायित्वमा परेको बताउनुभयो । यस सम्बन्धमा बृहत रुपमा व्यवासायिक प्रतिष्ठान एवं निजी क्षेत्रलाई जानकारी गराउन सरकार लगायत सम्बन्धित पक्षले व्यापक प्रचारप्रसार एवं सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।