८ भाद्र २०८३, सोमबार
,
Latest
इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादको जनज्योतिमा अनेरास्ववियुका भण्डारीको प्यानलै विजयी, गठबन्धनलाई हरायो



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

कांगेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को गठबन्धनलाई परास्त गर्दै भण्डारीको प्यानलै विजयी भएको हो ।

आज भएको मतदानमा २ सय ५८ मतमध्ये २ सय ४४ मत खसेकामा विजयी भण्डारीले १ सय ३१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेविसंघका अमृत गैह्रेले १ सय ९ मत ल्याए ।

यस्तै, सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री १ सय ३२ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी नेविसंघका दिपा रानाले १ सय २० मत ल्याइन् ।

कोषध्यक्षमा अनेरास्ववियुका यसुमाया थापाले १ सय ३२ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी कासिका रानाले १ सय ७ मत ल्याइन् ।

यसैगरी सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल १ सय २३, साविया खातुन मियाँ १ सय २२, विष्णु उच्चै १ सय २१, विनिता रसाइली १ सय २८, ममता सिग्देल १ सय २२ मत ल्याएर विजयी भए ।