८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday
Latest
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था विकास विज्ञ भन्छन्—शासकिय संरचनामा हुँदै आएको खर्च पुनरावलोकन गर्नुपर्छ कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः लालवीर चौधरी काठमाडौं अदालतको आदेशविरुद्ध रवि लामिछाने आज उच्च अदालतमा जाँदै यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण आज देशभरको मौसम सामान्यत: सफा रहने लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादको जनज्योतिमा अनेरास्ववियुका भण्डारीको प्यानलै विजयी, गठबन्धनलाई हरायो



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

कांगेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को गठबन्धनलाई परास्त गर्दै भण्डारीको प्यानलै विजयी भएको हो ।

आज भएको मतदानमा २ सय ५८ मतमध्ये २ सय ४४ मत खसेकामा विजयी भण्डारीले १ सय ३१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेविसंघका अमृत गैह्रेले १ सय ९ मत ल्याए ।

यस्तै, सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री १ सय ३२ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी नेविसंघका दिपा रानाले १ सय २० मत ल्याइन् ।

कोषध्यक्षमा अनेरास्ववियुका यसुमाया थापाले १ सय ३२ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी कासिका रानाले १ सय ७ मत ल्याइन् ।

यसैगरी सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल १ सय २३, साविया खातुन मियाँ १ सय २२, विष्णु उच्चै १ सय २१, विनिता रसाइली १ सय २८, ममता सिग्देल १ सय २२ मत ल्याएर विजयी भए ।