८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

25.55°C

काठमाडौं

25.55°C

Kathmandu

Feels-like: 24.53

Wind: 1.03

Humidity: 14

Latest
कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः लालवीर चौधरी काठमाडौं अदालतको आदेशविरुद्ध रवि लामिछाने आज उच्च अदालतमा जाँदै यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण आज देशभरको मौसम सामान्यत: सफा रहने लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी रुसी सेनामा भर्ना भएर युद्धमा मारिएका नेपालीका परिवार शव पहिचान र क्षतिपूर्ति दाबी गर्दै पुगे… खोटाङमा डढेलो गाउँ पस्दा ६ घर जले, स्थानीयको भागाभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा उहाँहरुबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासोहरु र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको थियो ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरुको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।