२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा



अ+ अ-

गलकोट । जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो । बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको रु तीन करोड ६३ लाखमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताउनुभयो । छ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी रु १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो ।

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । रु तीन करोड ६३ लाख लागतमा सुनामी÷एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो ।