७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः शुरु गर्न लागेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर बिरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल शुरु गरेको बताउनु भयो । उहाँले राम्रो काम गर्दा बिरोध शुरु हुने गरेको भन्दै बिरोधका लागि बिरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरु समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले यो अध्यादेश ल्याएपछि विभिन्न मञ्चहरुमा भनेको छु, अध्यादेश गहिराईमा गएर हेरियोस् । बहस गर्न म तयार छु । हामी एकातिर समस्याको हल गर्ने पनि भनेका छौँ । अर्कोतिर समस्या हल गर्न सरकारले खोजेको छ की छैन रु भन्ने बुझ्ने र खोजेको रहेनछ भने त्यसलाई कसरी अघि बढाउने भन्नेकुराहरु पनि हुन्छन् । भन्ने र गर्नेमा फरक छ । सरकारले दुई वटा पाटोबाट जान्छ । हामीले छोटो बाटोबाट जानेगरी यो अध्यादेश ल्याएका थियौँ । हामी ऐन बनाउने तयारी पनि गरिरहेका छौँ । एउटा नयाँ ऐन नै बनाएर ल्याउन सम्माननीय प्रधानमन्त्रीले निर्देशन नै गर्नुभएको छ । अब पुरानो ऐनबाट हुँदैन । सबै मन्त्रालयले नयाँ ऐन ड्राफ्ट गर्नुस् भन्नुभएको छ । हामीले भूमि बैंक बनाउने कुरा अघि बढायौँ । भूमि बैंक बनाउने भनेको कहाँ कस्ता जग्गा छन् त्यो जानकारी राख्ने हो । तर भूमि बैंक बनाउने कुरामा पनि विगतमा बिरोध भएर त्यत्तिकै छ । काम शुरु गर्न थाल्यो बिरोध हुन्छ । हामी फेरि यो काम अघि बढाउने सोचमा छौँ । छलफल भइरहेको छ ।’

मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरु शुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने बताउनु भयो ।