१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु

इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
Women sit together in mourning by the shrouded bodies of victims killed in Israeli bombardment as they lie on the floor at the Ahli Arab hospital, also known as the Baptist hospital, in Gaza City on March 18, 2025. Israel on March 18 unleashed its most intense strikes on the Gaza Strip since a January ceasefire, with rescuers reporting 220 people killed, and Hamas accusing Benjamin Netanyahu of deciding to "resume war" after a deadlock on extending the truce. (Photo by Omar AL-QATTAA / AFP)
अ अ+ अ-

एजेन्सी । मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ ।

उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

“हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार अपरेसनको गरेपछि आदेश दिइएको थियो”, नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको, “इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ ।”

एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।

“नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्”, हमासले एक विज्ञप्तिमा भन्यो ।

राजनीतिक ‘जीवनरक्षक’ का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाउँदै हमासले भन्यो, “युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने निर्णय हो ।”

एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।