१२ श्रावण २०८३, मंगलवार
,
Latest
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पिएन क्याम्पसमा भोलि मतदान हुने



अ+ अ-

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान भोलिमात्रै हुने भएको छ ।

अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि मतदान प्रक्रिया अघि बढ्न सकेको थिएन ।

उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएकाले भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान थालिने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

मतदान गर्ने कार्यमा सहयोग गरिदिन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई अनुरोध पनि गरिएको छ ।

राष्ट्रिय स्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासो र चिन्ता लिएका छन् ।

यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीति मात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशिलाका रूपमा समेत हेरिएको छ ।

१६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहौल बन्दा विद्यार्थीहरू उत्साहित छन् । यसअघि २०६५ सालमा भएको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुबाट रश्मि आचार्य स्ववियु सभापति चुनिएपछि त्यसयता यहाँ निर्वाचन हुन सकेको छैन ।

पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार रहेका छन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।

क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेका छन् ।